‘सरकारबाटै संस्थागत भ्रष्टाचार’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

‘सरकारबाटै संस्थागत भ्रष्टाचार’

sarkarbatai bhrastachar

दोलखा, २५ जेठ ।  नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले नेकपा र उसले सञ्चालन गरेको सरकार स्वयं संलग्न हुँदा मुलुकमा संस्थागत भ्रष्टाचार बढेको आरोप लगाएका छन्।

राष्ट्रिय जागरण अभियानअन्तर्गत शुक्रबार दोलखा सदरमुकाम चरीकोटमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय नेताहरुले एकै स्वरमा जागरण अभियानपछि कांग्रेस अब मुलुकमा चलिरहेको संस्थागत भ्रष्टाचार र त्यसमा रुमल्लिएको वर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान लिएर फेरि जनताबीच आउने उद्घोष गरे।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अख्तियार, अदालतदेखि सबै क्षेत्रलाई नियन्त्रण गर्न खोजेर राष्ट्रको ढुकुटीमा संस्थागत तरिकाले ब्रह्मलुट मच्चाएको आरोप लगाए। ‘नेकपाको एउटा नेताले बालुवाटारको सरकारी जग्गामा भ्रष्टाचार गर्छ’, बालुवाटारको सरकारी जग्गा हडप प्रकरणप्रति इंगित गर्दै उनले भने, ‘कारबाही प्रक्रिया अगाडि बढाउनुको साटो हतारहतारमा सरकारका एउटा मन्त्री ती नेता चोखा छन् भनेर सरकारको तर्फबाट संस्थागत र आधिकारीक धारणा दिन अघि सर्छन्।’

मन्त्री नै ठूलाठूला भ्रष्टाचारमा मुछिँदा अनुसन्धान गर्नुको साटो प्रधानमन्त्री स्वयंले त्यस्ता मन्त्रीको बचाउमा अभिव्यक्ति दिनुले वर्तमान सरकार नै संस्थागत भ्रष्टाचारमा लागिपरेको र सरकारका मानिसहरु काण्डैकाण्डमा मुछिएको पुष्टि हुने पौडेलको भनाइ थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);