वाणिज्य विभागको अप्रत्यासित अनुगमन, व्यापारी फन्दामा | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

वाणिज्य विभागको अप्रत्यासित अनुगमन, व्यापारी फन्दामा

banijya-bibhag

पुष्कर ओझा
काठमाडौं, २२ जेठ । वाणिज्य विभागको टोलीले बुधबार दिउँसो ललितपुरको ग्वार्खाेस्थित महावीर हार्डवयर र मच्छिन्द्र एण्ड ब्रदर्श इन्टरप्राइजेजमा अप्रत्यासित रुपमा अनुगमन गरेको छ । वाणिज्य विभागको नेतृत्वमा माउण्टेन टेलिभिजनसहितको टोलीले ती दुई पसलको अनुगमन गरेको हो । दिउंसो १ बजेदेखि ३ बजेसम्म अनुगमनको क्रममा टोलीले खरिद मूल्य र विक्री मूल्यको अवस्थाबारेमा अनुगमन गर्यो ।

अनुगमन टोलीले हार्डवयरहरुले सिमेन्ट, छड लगाएतको मुल्य पारदर्शी रुपमा उल्लेख नगरेको पायो। मूल्य पारदर्शी नगरेवापत सिद्धार्थ महाविर हार्डवयर र मच्छिन्द्र एण्ड ब्रदर्श इन्टरप्राईजेजलाई पचास पचास हजार जरिवान गरेको छ ।

चालु आर्थिक वर्षको वजेट विनियोजन भए पश्चात राजधानीका विभिन्न हार्डवयर पसलहरुले मुल्य वृद्धी गरेको गुनासो आएपछि कडारुपमा अनुगमन थालिएको हो । अनुगमनले व्यापारिलाई पारदर्शी वनाउने कन्जुमर आई नेपालका महासचिव राजन शर्मा खनालले जानकारी दिनुभयो ।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मुल्य सूची अनिवार्य नभएका हार्डवयर पसलहरुलाई न्युनतम पचास हजार, खरिद विल नराखेमा पाँच हजारदेखि २० हजार तथा विक्री विल जारी नगरेमा दुई लाखदेखि तीन लाखसम्मको जरिवाना गर्न सकिने व्यवस्था रहेको छ । विभागले अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);