काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गर्नु भएको हो । उहाँले सो बजेट कार्यान्वयन हुनै नसक्ने दावी पनि गर्नु भयो । क्षमता विना ल्याइएको बजेट कार्यान्वयन हुनै नसक्ने सभापति देउवाको दावी थियो ।
सभापति देउवाले बजेटमा नयाँ कुरो केही नभएको पनि बताउनु भयो ।