युरोपा लिग फुटबलको फाईनल खेलमा चेल्सी विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

युरोपा लिग फुटबलको फाईनल खेलमा चेल्सी विजयी

Chelsea-Win-3

काठमाडौं, १६ जेठ । यस वर्षको युरोपा लिग फुटबलको उपाधि इङ्गलिस फुटबल क्लब चेल्सीले जितेको छ ।

बुधवार राती अजरबैजानको बाकुमा भएको फाईनल खेलमा प्रिमियरसिप प्रतिद्धन्दी आर्सनललाई ४–१ ले हराउँदै चेल्सीले दोस्रो पटक युरोपा लिग जितेको हो ।आफनै शहरको प्रतिद्धन्दी आर्सनलविरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले दुई गोल गरे । चेल्सीका लागि अन्तिम खेल खेलेका हाजार्डले अर्को एक गोलका लागि अवसर मिलाइदिए । चेल्सीका लागि ओलिभर जिरु र पेड्रोले एक एक गोल थपे । आर्सनलका एलेक्स इओबीले सान्तोना गोल फर्काए । यो जितसँगै चेल्सीले युरोपा लिगमा दोस्रो तथा समग्रमा तेस्रो युरोपियन उपाधि जितेको छ । सन् २०१३ मा पहिलो पटक युरोपा लिग जितेको चेल्सीले २०१२ मा युएफा च्याम्पियन्स लिग जितेको थियो । पराजित भएसंगै आर्सनलको आगामि सिजन च्याम्पियन्स लिग खेल्ने संभावना समाप्त भएको छ ।

ताजा समाचार