विदेश जानबाट रोक्न सक्ने बजेट ल्याउन आवश्यक: युवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विदेश जानबाट रोक्न सक्ने बजेट ल्याउन आवश्यक: युवा

bajet

काठमाडौं, १३ जेठ । सरकारले आर्थिक बर्ष ०७६/०७७ बजेट यही जेठ १५ गते ल्याउँदैछ । बजेटप्रति आम नागरिककको आ-आफनै किसिमको अपेक्षा रहेको छ । युवाहरुले भने सरकारले देशमै रोजगारीको सृजना गरी युवाहरुलाई विदेश जानबाट रोक्न सक्ने बजेट आउनुपर्ने बताएका छन् ।

देशको कुल जनसंख्याको करिव ४० प्रतिशत युवा जनशक्ति छन् । बर्षेनी करिव पाँच लाखको संख्यामा श्रम बजारमा आउने युवा रोजगारीको अवसर नहुदा दैनिक १५ सयको हारारहारीमा विदेशीने गरेका छन् । संविधानले मौलिक हक अन्र्तगत रोजगारीलाई राज्यको दायित्व भित्र व्यवस्था गरेको छ । मालिकहकलाई कार्यान्वयनमा ल्याउनको लागी सरकारले गत फागुन १ गतेदेखी प्रधानमन्त्री रोजगार कार्यक्रम समेत लागु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएपनि युवाहरुले रोजगारी पाउन नसकेको गुनासो गरेका छन् । यस्तो अवस्थामा सरकारले अगामी बजेट मार्फत देशमा लगानीमैत्री वाताबरण बनाई युवाहरुलाई रोजगारको व्यवस्था गरिनुपर्ने, कृषिमा आधुनिकीकरण गरी युवाहरुलाई कृषितर्फ आर्कषित गर्नुपर्ने खालको बजेट ल्याउनुपर्ने युवाहरुको सुझाव छ ।

पूर्व राज्यमन्त्री तथा राजपाकी नेतृ चन्दा चौधरीको युवाहरुलाई स्वदेशमै रोक्नको लागी दिर्घकालीन ठोस निती सहितको बजेट आउनुपर्नेमा जोड छ ।

समृद्ध नेपालको सपना बोकेको सरकारले देश विकासको मेरुदण्ड मानिने युवा जनशक्तिलाई देशमा रोक्न सक्नु पर्दछ । यसको लागी सरकारले आगामी बजेटमा युवाहरुलाई प्राथमिकतामा राखी उनीहरुको भावना समेट्न सक्ने खालको बजेट ल्याउनु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);