दृष्टिविहीन नागरिकहरु दैनिक सडक आन्दोलनमा, सरकारले बेवास्ता गरेकोमा आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

दृष्टिविहीन नागरिकहरु दैनिक सडक आन्दोलनमा, सरकारले बेवास्ता गरेकोमा आक्रोशित

काठमाडौं ।

सडकपेटीमा समेत व्यवसाय गर्न नदिएपछि दैनिक सडक आन्दोलन गर्न बाध्य भएका दृष्टिबिहीनहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका छन । काठमाडौंको माईतीघर मण्डलामा बिहीवार पनि धर्नामा बसेका उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिएर आफूहरुलाई पनि गाँस, बास र कपासको व्यवस्था सुनिश्चित गर्न सरकारलाई दबाब दिएका हुन् । सरकारले आफूहरुको माग सुनुवाई नगरेपछि दैनिक सडक आन्दोलन गर्न बाध्य हुनुपरेको दृष्टिबिहीन रोजिना अर्यालले बताउनु भयो ।

उहाँले सरकारले सडकमा व्यवसाय गर्दा पनि आफूहरुलाई जब्बरजस्ती धरपक्कड गरेको भन्दै आपत्ति जनाउनु भयो ।सरकारले सडक व्यवसाय गरेर बसिरहेका उनीहरुमाथि धरपक्कड शुरु गरेपछि विगत ४ दिन यता सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरुको समूहनै माईतीघर मण्डलामा दैनिक बिहान नौ बजेदेखि १२ बजेसम्म ३ घण्टा धर्नामा बस्दै आएका छन् । उनीहरुले आफूहरुलाई गरिखान समेत नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन् । समूहले सरकारले आफूहरुमाथि अत्याचार गरेको उनीहरुको गुनासो थियो ।

Leave a Reply

ताजा समाचार