हम्मरले हानेर आफ्नै साथीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मेलम्ची, १९ भदौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ पाल्चोकमा मजदुरी गर्ने दुई जनाको झगडा हुदाँ एकको मृत्यु भएको छ ।

 

जयबागेश्वरी माध्यमिक विद्यालयको भवन निर्माणमा खटिएका सुजन चौधरी र विशाल चौधरीबीच झगडा हुँदा गएराती विशाल चौधरीको मृत्यु भएको हो ।

 

दुवैले अत्याधिक मदिरा पिए पछि भनाभन हुदाँ बर्दिया जिल्ला नगरपालिका ७ स्थायी घर भएका १८ वर्षीय सुजन चौधरीले हम्मरले टाउकोमा हान्दा सोही स्थानमा घर भएका २० वर्षीय विशाल चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

हत्या आफैले गरेको हो भनि सुजनले स्वीकार गरेका छन् ।

शव परिक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा ल्याइएको छ र आफन्त आएपछि जिम्मा लगाइने प्रहरीले जानकारी दिएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);