सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडाैं, ५ माघ । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आइतबार राति बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएका हो ।

त्यस्तै दुर्घटनामा हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ ।

दूधकोशी सोलुखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको आइचर भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);