सिद्धान्त र प्राथमिकताको छलफल जारी, राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न कांग्रेसको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सिद्धान्त र प्राथमिकताको छलफल जारी, राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न कांग्रेसको सुझाव

minendra rijal

काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसले सरकारलाई राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न सुझाव दिएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट तर्जुमा गर्दा राजनीतिक पुर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बामपक्षीय आधारमा आउने बजेटले समग्ररुपमा मुलुकको विकास गर्न नसक्ने भन्दै उहाँले संसोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले आगामी बर्षको बजेटका प्राथमिकता निर्धारण गर्दा सही सिद्धान्त निरुपण गरिएको दाबी गर्दै बजेटका प्राथमिकता र सिद्धान्तको समर्थन गर्नुभयो । त्यसैगरी बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिंङ्देनले कागजमा जति राम्रा योजना आए पनि कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा जे जस्तो योजना ल्याए पनि नियन्त्रणको पक्षमा प्रभावकारी काम हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भ्रष्टाचार संस्कृति जस्तै बनिरहदा पनि सरकारले एउटा पनि भ्रष्टाचारको काण्डलाई टुंगो लगाउने काम नगरेको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);