सुदूरपश्चिम प्रदेशसभा बैठक : महिलालाई नसमेटेको गुनासो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुदूरपश्चिम प्रदेशसभा बैठक : महिलालाई नसमेटेको गुनासो

धनगढी । सुदूरपश्चिम प्रदेशसभाकाे १०औँ अधिवेसनले बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल गरीरहेकाे छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

मंगलबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सिद्धान्त र प्राथमिकतामा छलफल सुरू भएको हो । छलफलमा सुझाब राख्ने क्रममा प्रदेशसभा सदस्यहरूले महिलाका बारेमा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेकोमा आपत्ति जनाएका छन् ।

प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले महिलामाथि सुदूरपश्चिममै सबैभन्दा बढी उत्पिडन हुने गरे पनि त्यसलाई न्यूनिकरण गर्ने कुनै योजना नआएको गुनासो गरिन् । महिलालाई आत्मनिर्भर नबनाएसम्म कुरुतिको अन्त्य हुन नसक्ने र आगामी बजेटमा महिला आत्मनिर्भरमुखी योजना ल्याउन उनले सुझाब दिइन् ।

प्रदेशसभा सदस्य भरत खड्काले पनि बजेटको प्राथमिकता र सिद्धान्तमा महिलाका बारेमा केही उललेख नभएमा असन्तुष्टि व्यक्त गरे । उनले दलित, महिलालाई कतै नसमेटेर प्राथमिकता सार्वजनिक गरिएकोले बजेटमा त्यसलाई समेट्न आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);