बन्द सफल भएको विप्लवको दाबी, भने- ‘नयाँ संघर्ष जरुरी’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

बन्द सफल भएको विप्लवको दाबी, भने- ‘नयाँ संघर्ष जरुरी’

biplop

काठमाडौं, ६ बैशाख । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ‘नयाँ संघर्षमा लाग्न जरुरी भएको’ बताएको छ। महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गरी देशको अवस्था बिग्रिँदै गएको उल्लेख गर्दै ‘जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन नयाँ संघर्षमा लाग्न जरुरी भएको’ बताएका हुन्।

आफ्ना नेता कार्यकर्ताहरूको गिरफ्तारी विरुद्ध बिहीबार नेपाल बन्द घोषणा गरेको नेकपाले बन्द सफल भएको दावी गरेको छ। केन्द्रीय राजधानी काठमाडौं र प्रदेश राजधानीसहितका मुख्य सहरहरूमा बन्दको प्रभाव भने परेको थिएन।

सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएको विप्लवको दाबी छ। ‘देशको अवस्था दिनानुदिन बिग्रिँदै गएको छ। यो सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएर गएको छ। त्यसैले देश र जनता असाध्यै जोखिममा पर्दै गएका छन्’, विप्लवले भनेका छन्, ‘जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन एकपटक फेरि नयाँ संघर्षमा एक भएर लाग्न जरुरी भइसकेको छ।‘

नेकपाका स्थायी समिति सदस्य सुदर्शन, पोलिटब्युरो सदस्य मोहन कार्की, केन्द्रीयसदस्य तथा महिला संगठनकी अध्यक्ष बन्धु चन्द लगायत विप्लवका कयौँ नेता कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको छ।

विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै सरकारले फागुन अन्तिम साता प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै विप्लवले प्रतिबन्धको प्रतिरोध गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);