विश्वकप छनौटः स्पेनद्वारा इटली ३–० ले पराजित, वेल्सको विश्वकपमा छानिने सम्भावना बलियो | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

एजेन्सी, १९ भदौ । विश्वकप छनौट अन्तर्गत स्पेनले इटलीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

 

स्पेनले गएराति भएको खेलमा इटलीमाथि ३–० गोल अन्तरको नतिजा निकालेको हो । स्पेनको जितमा इस्को नायक बने । इस्कोले खेलको १३ औं मिनेटमा फ्रि किकमार्फत सुन्दर गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् । रियल मड्रिडका फरवार्ड समेत रहेका इस्कोले पहिलो हाफमै स्पेनलाई २–० को अग्रता दिलाए । स्पेनका लागि तेस्रो गोल सर्जियो रामोसको पासमा अल्भारो मोराटाले गरे । इटलीमाथिको जितसँगै स्पेन १९ अंकका साथ पाहिलो स्थानमा छ ।

गएराति नै भएको विश्वकप छनौट अन्तर्गतको अर्को खेलमा वेल्सले अष्ट्रियालाई १–० ले पराजित गरेको छ । वेल्सको जितमा बेन वुडवर्नले गोल गरेका हुन् । अष्ट्रियामाथिको जितसँगै वेल्स आफ्नो समूहमा तेस्रो स्थानमा छ र उसको विश्वकपमा छनोटको सम्भावना बलियो भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);