असाधारण क्षमताका धनी बालगुरु आदित्य : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

असाधारण क्षमताका धनी बालगुरु आदित्य : प्रधानमन्त्री

aditya-pm oli

काठमाडौं, १ बैशाख । बालगुरु आदित्यले तयार पारेको खाकाको आधारमा काठमाडौंस्थित गौरीघाटमा बनाइएको शिवमन्दिरको शनिबार प्राणप्रतिष्ठा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय पुस्पकमल दाहाल र शेरबहादुर देउवाको उपस्थितिमा सो मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बालगुरु आदित्यको असाधारण क्षमताको प्रशंसासमेत गरेका छन्। बालज्ञानी आदित्यको सुस्वास्थ्यको कामना गर्दै उनले भने, ‘लेखेर मात्रै सन्देश दिने नभई वाचन गरेर सन्देश दिने क्षमताको पनि विकास होस् भन्ने कामना गर्दछु, उहाँका हातले सरर महŒवपूर्ण ग्रन्थहरू लेख्न सकून्।’

ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ, स्रोतविना ज्ञान प्राप्त हुँदैन तर आदित्यमा विनास्रोतको ज्ञान प्राप्त छ। विनास्रोत ज्ञान प्राप्त गर्ने मानवजातिमा आदित्य मात्र भएको पनि प्रधानमन्त्री ओलीले बताए। उनले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको पनि दाबी गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीद्वारा बालगुरु आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ को अंग्रेजी संस्करणको विमोचन गरिएको थियो। कार्यक्रममा उनले विश्वका वैज्ञानिकलाई आदित्यको स्रोतबिनाको ज्ञानबारे अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरेका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);