नेपालको ६२.६८% जनसंख्या उत्पादनशील उमेरमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालको ६२.६८% जनसंख्या उत्पादनशील उमेरमा

yuwa

काठमाडौं, १ बैशाख । उत्पादनशीलभन्दा आश्रित जनसंख्या थोरै भएको यो अवस्था न इतिहासमा थियो, न भविष्यमा रहनेछ । उत्पादनशील अथवा १५ देखि ६४ वर्ष उमेरसमूहको जनसंख्या अहिले ६२.६८ प्रतिशत पुगेको छ । आश्रितभन्दा उत्पादनशील जनसंख्या धेरै भएको यो दुर्लभ समय देश निर्माणमा प्रयोग हुन्छ कि खेर जान्छ ? गम्भीर चासो र अविलम्ब पहलको आवश्यकता छ ।

सक्रिय जनसंख्या (काम गर्ने उमेर समूह) लाई देश विकासको आधार मानिन्छ । १५ देखि ६४ वर्ष उमेर समूहको यो जनसंख्या अधिक हुँदा देशले जनसांख्यिक लाभमार्फत विकासमा फड्को मार्ने संसारभरको अनुभव छ । नेपालमा यस्तो जनसांख्यिक लाभको अवसर अब २८ वर्ष मात्र बाँकी रहेको अध्ययनले देखाएको छ ।

राष्ट्रिय योजना आयोग र युनिसेफले संयुक्त रूपमा गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार नेपालको जनसांख्यिक लाभको जम्मा अवधि ५५ वर्ष छ । यो सन् १९९२ देखि सुरु भएको हो । अर्थात् पछिल्लो २७ वर्षदेखि सक्रिय जनसंख्या (युथ कन्ट्री) को भएको देशका रूपमा नेपाल रहेको छ । यसको अन्त्य (घट्दो क्रम) सन् २०४७ देखि शुरु हुनेछ । यसको मतलब अबको २८ वर्षसम्म मात्रै नेपालले जनसांख्यिक लाभ पाउनेछ । विज्ञहरूका अनुसार नेपालले जनसांख्यिक लाभको ५१ प्रतिशत समयावधी बा“की छ भने ४९ प्रतिशत समय व्यतित भइसकेको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);