पब्जी बन्दपछिको बहस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पब्जी बन्दपछिको बहस

pubg-mobile

काठमाडौं, १ बैशाख । पब्जी बन्द गर्नु ठीक हो ? यसको उत्तर मिश्रित आइरहेको छ । विशेषगरी सामाजिक सञ्जालमा पब्जी बन्दलाई लिएर पक्ष र विपक्षमा टिकाटिप्पणी भइरहेका छन् । पब्जीले बालबालिकामा समस्या निम्त्याएको भन्दै बन्दको समर्थन गर्नेको संख्या बाक्लो छ । विकृति हटाउन वैकल्पिक उपाय अपनाउने कि बन्द गर्ने ? भन्दै आलोचना गर्नेहरू पनि छन् ।

प्रहरीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई मोबाइल र कम्युटरमा खेलिने ‘भर्चुअल’ खेल पब्जी बन्द गराउन निर्देशन दिएको हो । महानगरिय प्रहरी अपराध महाशाखाको अनुरोधमा प्राधिकरणले यस्तो निर्देशनदिएको हो ।

महाशाखामा अभिभावक, विद्यालयले पब्जी बन्द गराउन उजुरी गरेको प्रमुख एसएसपी धीरप्रताप सिंह बताउँछन् । धेरै लिखित र मौखिक उजुरी परेपछि काठमाडौं जिल्ला अदालको स्वीकृति लिएर प्राधिकरणलाई बन्द गराउन अनुरोध गरेको उनी बताउँछन् । ‘पब्जीको असर बारे हामीले तीन मनोचिकित्ससँग सल्लाह गर्‍यौं,’ उनले भने, ‘सबैले पब्जीको लत लागेका बालबालिकाहरू हिंस्रक बनेको बताएपछि यसलाई बन्द गर्ने निर्णयमा पुगेका हौं ।’

उनी पब्जी बन्द गर्ने नेपाल एक्लो देश नभएको बताउँछन् । ‘धेरैले मौखिक उजुरी गर्नुभयो,’ उनले भने, ‘हामीले लिखितमा माग गर्दा ३० बढी विद्यालय, धेरै अभिभावकहरूबाट लिखित उजुरी प्राप्त भएको छ ।’प्रहरीले गत बुधबार काठमाडौं जिल्ला अदालतमा पब्जी खेल बन्द गराउन आदेश माग गरेको थियो । अदालतले पनि प्रहरीको मागमा बुधबारै सुनुवाइ गर्दै स्वीकृतिदिएको हो ।

पब्जीले विशेषगरी बालबालिकालाई हिंस्रक बनाउने मानसिक रूपमा समस्याग्रस्त बनाउने भन्दै धेरै मनोचिकित्सकले भन्दै आएका छन् ।बालबालिकामा मानसिक समस्यादेखिएको र युवाहरूमा पनि लत लागेको भन्दै चीनले अघिल्लो वर्षदेखि नै पब्जी बन्द गराएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);