आदित्यको असाधारण क्षमताको शीर्ष नेताले गरे खुलेर प्रसंसा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आदित्यको असाधारण क्षमताको शीर्ष नेताले गरे खुलेर प्रसंसा

काठमाडौं, ३० चैत । गुगल ब्वाईको रुपमा विश्व प्रख्यात आदित्य दाहालको प्रधानमन्त्री र पुर्व प्रधानमन्त्रीहरुले प्रसंसा गरेका छन् । राजधानी काठमाडौंको गौरीघाटस्थित आदित्य कुञ्जमा शनिबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवाले आदित्यको असाधारण क्षमताको खुलेर प्रसंसा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने “आजको विश्वमा विना स्रोतको ज्ञान प्राप्त गर्ने एक मात्र मानवजाती मानव जातिको सन्तान आदित्य दाहाल मात्रै हो । विना स्रोतको ज्ञान आदित्य दाहाल हो र म भन्न चाहन्छु । यो विज्ञानका लागि असाधारण र धेरै गहन चुनौति हो ।”

त्यसैगरी पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदित्यका अविश्कार, अभिव्यक्ति लगायत असाधारण भएको भन्दै सम्पुर्ण नेपालीको लागि आदित्यको प्रतिभा गौरवपूर्ण रहेको बताए । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आदित्यमा अद्वितीय प्रतिभा रहेको भन्दै त्यो सबै नेपालीका लागि गौरवको विषय रहेको बताए ।

विशेष कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराईनुको साथै आदित्य ज्योति पथको अंग्रेजी संस्करणको औपचारिक विमोचन गरिएको थियो । शनिबार नै आदित्यको उपनयन (ब्रतबन्ध) गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);