किन पुगे प्रधानमन्त्री शीतल निवास ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

किन पुगे प्रधानमन्त्री शीतल निवास ?

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । भेटमा नागरिक विधेयकका विषयमा छलफल भएको स्रोतको दाबी छ ।  राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकलाई संघीय संसदका दुवै सदनले जस्ताको तस्तै पास गरेका थिए । पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ । यसरी गएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

तर, राष्ट्रपति भण्डारीले जस्ताको तस्तै विधेयक पास गरेको पठाएको भन्दै असन्तुष्टि जनाइरहेकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);