काठमाडौँ, २८ चैत । गुल्मीको मुसीकोट नगरपालिका नेटास्थित चिहानडाँडामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहिवार दुर्घटना भएको हो । दुर्घटनामा पूर्वसांसद रुद्रमणि भण्डारी र मालिका गाउँपालिकाका रोशर विकको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसैगरी दुर्घटनामा गम्भीर घाइते भएकी मालिकाकी कै कोशिला थापाको मुसिकोट नगरपालिका वामीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा ७ यात्रु घाइते भएका छन् । जीप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
![rudramani bhandari](https://i0.wp.com/emountaintv.com/wp-content/uploads/2019/04/rudramani-bhandari.jpg?resize=443%2C960&ssl=1)