भारतीय ज्वाईलाई छोरा बनाएर नेपाली नागरिकता वितरण (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

भारतीय ज्वाईलाई छोरा बनाएर नेपाली नागरिकता वितरण (भिडियाेसहित)

काठमाडाैं, २२ फागुन । नेपालको संविधान २०७२ जारी भएपछी अहिले संविधान अनुरुप विभिन्न ऐन कानुनहरु बन्ने क्रममा रहेका छन् । सोहि क्रममा अहिले संविधानको भाग २ अन्तर्गत धारा १० देखि धारा १५ सम्म भएको नागरिकता सम्बन्धी व्यवस्था अनुरुप नागरिकता ऐन २०६३ संशोधनका लागि संसदमा दर्ता भएको छ ।

त्यसमाथि अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा दफाबार छलफल भइरहेको छ । यो विधेयक माथि अहिले राजनीतिक र व्यक्तिगत स्वार्थ नाचिरहेको नागरिक अभियन्ता तथा विज्ञहरुको बुझाई छ । नागरिकता ऐन २०६३ मा भएकोे व्यवस्थाले गर्दा लाखौं गैरनेपालीले नेपाली नागरिकता लिएको सांसदहरु नै बताउंदै आएका छन् ।

नेपाल भारत खुल्ला सीमा जोडिएका जिल्लामा नेपाल र भारतबीच हुने वैवाहिक सम्बन्धले गर्दा नेपाली अभिभावकले छोरीलाई दाइजोको सट्टा भारतीय ज्वाईलाई छोरा बनाएर नागरिकता बनाइदिएका छन् । के यो कुरा राज्यले थाहा पाएको छैन ? किन यसलाई सरकारले रोक्न सकेको छैन ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्>>>