राष्ट्रिय शोक परेकाले प्रतिनिधि सभाको बिहीवारको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रिय शोक परेकाले प्रतिनिधि सभाको बिहीवारको बैठक स्थगित

काठमाडौं, १६ फागुन । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगित गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीवार सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकोमा सरकारले बिहीवार राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक शुक्रबार दिनको ३ बजेका लागि तय गरिएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);