काठमाडौं, १६ फागुन ।
आज सार्वजनिक विदा
काठमाडौं, १५ फागुन । सरकारले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने जनाएको छ ।
बुधवार बसेको मन्त्रीपरिषद् बैठकले पर्यटनमन्त्री अधिकारीलाई राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने निर्णय गरेको हो । साथै बैठकले घट्नाको बारेमा सत्यतथ्य छानविन गर्न ४ जनाको समिती समेत गठन गरेको छ । त्यसैगरी, सरकारले शोकमा बिहीवार सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ ।