सरकारले थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सरकारले थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने

healths insurance

काठमाडौं, १४ फागुन । सरकारले थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा स्वास्थ्य बिमा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले केही दिन भित्रमा नै थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

संविधान अनुसार नै नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउन सरकार प्रयत्नरत रहेको पनि उनले स्पष्ट पारे ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिन्ना भिन्नै ऐनका कारण पनि समस्या भएको भन्दै उनले सबैलाई छाता ऐनमा ल्याएर यस क्षेत्रमा देखिएको विकृति नियन्त्रित गरिने बताए ।

मुलुकभरका स्वास्थ्य संस्थामध्ये कतिपय स्थानमा जनशक्ति, उपकरण र संरचना नभएको भन्ने सम्बन्धमा न्यूनतम स्वास्थ्य सेवा प्रदान गर्ने गरि हेल्थसेन्टरबाट प्रवाह गरिने सेवालाई व्यवस्थित पारिने उनले स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);