काठमाडौं, २ फागुन । बुधवार राती भएको युरोपियन च्याम्पियन्स लिग फुटबल खेलमा रियाल मड्रिड र टोटनह्याम हट्सपर विजयी भएका छन् ।
प्रि–क्वाटरफाईनलको पहिलो लिगको खेलमा स्पेनीस क्लब रियाल मड्रिडले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई २–१ ले हराएको हो । गएराती भएको अर्को खेलमा इङ्गलिस टोली टोटनह्याम हट्सपरले जर्मनीको बोरुसीया डर्टमण्डलाई ३–० ले हराएको हो ।आफ्नै मैदानमा टोटनह्यामलाई सहज जित दिलाउन हिउङ मिन सन, यान भर्टोङ्गेन र फर्नान्डो लोरेन्तेले एक एक गोल गरे ।
बोरुसीया डर्टमण्ड र टोटनह्यामबिचको दोस्रो लिगको खेल आगामि मार्च ६ तारिखमा जर्मनीमा हुनेछ ।




