नेपालका कर्मचारीहरूलाई भारतमा तालिम दिइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालका कर्मचारीहरूलाई भारतमा तालिम दिइँदै

karmachari lai bharatma talim

काठमाडौं, २९ माघ । भारत सरकारले नेपालका कर्मचारीहरुलाई दिने तालिमलाई निरन्तरता दिएको छ । अर्थ मन्त्रालयका २० जना कर्मचारीको दोश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स’ मा सञ्चालन हुने ग्लोबल पर्सपेक्टिभ फाइनानसियल म्यानेजमेन्ट विषयक तालिम भारतमा लिइरहेका छन् ।

दोस्रो चरणमा सोमबारदेखि यो तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भइरहेको छ ।

जम्मा ६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोधमा गरिएको हो । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषय कर्मचारीलाई दक्ष बनाउने विश्वास लिइएको छ ।

तालिममा आर्थिक प्रणाली सञ्चालनबारे विश्वव्यापी अभ्यासको ज्ञान पनि सहभागीहरुलाई दिइने छ । प्रथम ब्याचका २० नेपाली कर्मचारीहरुले यही माघ १० गते १० दिन लामो तालिम लिइसकेका छन् ।

आइएनजीएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । अर्थ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस संस्थाले नेपालसहित छिमेकी देशका कर्मचारीलाई पनि तालिम दिँदै आएको छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);