संघ छाड्नै चाहेनन्: स्थानीय तह जाने कर्मचारीको संख्या न्यून | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

संघ छाड्नै चाहेनन्: स्थानीय तह जाने कर्मचारीको संख्या न्यून

karmachari

काठमाडौं, २५ माघ । सरकारी कर्मचारी संघ छाडेर प्रदेश स्थानीय तहमा जानै चाहेनन्। मुख्यसचिव, सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजन टुंगिँदा कर्मचारी मोह संघमै देखिएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

६ सय ६२ सहसचिवको समायोजन गर्दा ५६० ले संघ रोजे जबकि १०२ जना प्रदेश र १ जना मात्रै स्थानीय तह जान राजी भए।

प्रशासन सेवाका उपसचिव र शाखा अधिकृतको अवस्था पनि उस्तै रह्यो । समायोजन गरिएका ८४८ उपसचिवमध्ये ८३६ जनाले संघ, ८ उपसचिवले प्रदेश र ४ जनाले स्थानीय तह रोजे।

२ हजार ८८९ शाखा अधिकृतमध्ये २ हजार ३४१ जनाको संघमा समायोजन भएको छ। प्रदेशमा ३५० र स्थानीय तहमा १९८ जनाको समायोजन गरिएको छ। मुख्यसचिव र ५६ सचिवले समायोजनको पत्रसमेत पाइएसकेका छन्।

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना गरी एक लाख ३८ हजार एक ७८ कर्मचारीको दरबन्दी कायम गरी समायोजन गरिरहेको छ। हाल ८९ हजार निजामती, १७ हजार स्थानीय तह र अन्य सेवाका २ हजार गरी १ लाख १९ हजार कर्मचारी कार्यरत छन्।

 समायोजनको सम्पूर्ण काम फागुन ३ भित्र सक्ने गरी काम तीव्रतासाथ भइरहेको संघीय मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए। कर्मचारीले पुस ११ देखि माघ २ सम्म तीनै तहमा समायोजन रोज्न अनलाइन फाराम भरेका थिए। समायोजन पत्र पाएको २१ दिनभित्र कर्मचारीले खटाइएको ठाउँमा अनिवार्य हाजिर हुनुपर्छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);