पुस्तौदेखि एक गाग्री पानी लिन घण्टाै हिड्छन् गाउँले | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

पुस्तौदेखि एक गाग्री पानी लिन घण्टाै हिड्छन् गाउँले

salyan

सल्यान, २५ माघ । सल्यानको बागचौर नगरपालिका, ११ बाफुखोलाको एक गाउँमा स्थानीयलाई पानी ल्याउन एक घण्टा लाग्ने गरको छ । बाफुखोलाको बुढा गाउँमा अहिलेसम्म खानेपानीको धारा नपुग्दा एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने बााध्यता अझै नहटेको स्थानीबासीले गुनासो गरेका छन् ।

बागचौर नगरपालिका, ११ अवस्थित पातिहाल्न बजारदेखि नजिकैको बुढागाउँमा एक गाग्री पानी लिनका लागि एक घण्टा लाग्ने स्थानीय वसन्त बुढाले जानकारी दिए । उनले भने, ‘मैले थाहा पाएदेखि एक गाग्री पानी ल्याउनका लागि आउँदा र जाँदा मात्रै एक घण्टा समय लाग्छ, यसले गर्दा घरमा एक जनालाई त पानी  ल्याननमै पूरै दिन बित्छ ।’

खानेपानी अभावकै कारण आफ्ना छोराछोरीको पढाईसमेत प्रभावित बनेको भन्दै स्थानीय ५८ वर्षीय वीरबहादुर बुढाले भने, ‘म बुढोले मेरा नानीबाबुलाई खानेपानी ल्याउ भनुँ कि पढ भनुँ ? हाम्रो यस्तो पीडा कसले बझ्छ ? स्थानीयका अनुसार १२ घरधुरी बसोबास रहेको बुढागाउँको खानेपानीको यो समस्या अहिले नभएर पहिलेदेखिकै हो । यो समाचार  नेपाल समाचारपत्रमा छ ।