जहाँ उपचार गर्न बिरामी किनबेच गरिन्छ .. | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जहाँ उपचार गर्न बिरामी किनबेच गरिन्छ ..

राजविराज, १५ भदौ । अस्पतालमै बिरामीको किनबेच हुन्छ भन्ने सुन्दा पत्याउन गाह्रो हुन्छ तर राजविराजस्थित अञ्चल स्तरीय अस्पतालपुग्ने जो कोहीलाई यस्ता दृश्य सामान्य लाग्न सक्छन्। यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दिनहुँ विरामीको किनबेच चलिरहेको हुन्छ।

 

अस्पतालका वार्ड र हाताभित्र यस्तो कारोबार गराउने एजेन्ट छ्यापछ्याप्ती भेटिन्छन्। अस्पताल अगाडि भ्यान एम्बुलेन्स चालक वा स्वास्थ्यसम्बद्ध व्यक्तिहरु उपचार विचौलिया बनेर बिरामी किन्ने र निजी अस्पताललाई बेच्ने गरिरहेका हुन्छन्।

 

अञ्चल अस्पतालअगाडि लहरै आधा दर्जनभन्दा बढी संख्यामा दिनरात खडा रहने भ्यान र एम्बुलेन्सका चालक तथा निजी अस्पतालले खटाएका एजेन्टले त्यहाँबाट बिरामी खोजेर लगिदिएबापत निजी अस्पतालबाट आकर्षक रकम पाउँछन्।

 

अस्पताल आएका बिरामीलाई बाटोबाटै वा अस्पतालको बेडबाट समेत फर्काएर विराटनगरलगायत स्थानमा सञ्चालित निजी अस्पताल र क्लिनिकमा ओसारिन्छ। एक जना बिरामी लगिदिएबापत चालकले न्यूनतम पाँच सयदेखि डेढ हजार (१५ सय) सम्म रकम पाउने गरेका छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);