स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको पुष्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको पुष्टी

काठमाडौं, १५ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वइनफ्लु भएको छ। उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एज1 एन1) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए। पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन्।

 

गिरीका अनुसार दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनलाई फिजिसियन डा। सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वका टोलीले हरिरहेको छ।

 

राहत वितरणका लागि महोत्तरी गएका वेला बिरामी भएपछि पोखरेललाई गत शनिबार वीर अस्पताल ल्याइएको थियो । उनलाई ज्वरो, झाडापखाला, रुघाखोकीको समस्या देखिएपछि स्वाइनफ्लुको आशंकामा खकार परीक्षण गरिएको थियो । ‘खकार परीक्षणमा स्वाइनफ्लु पोजेटिभ देखिएको छ,’ प्रवक्ता गिरीले भने, ‘मन्त्रीज्यूलाई अझै एक–दुई दिन चिकित्सकको निगरानीमा राखिनेछ ।’ आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);