महाधिवेशनको विषयलाई लिएर नेविसंघमा भाँडभैलो | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

महाधिवेशनको विषयलाई लिएर नेविसंघमा भाँडभैलो

nebisang

काठमाडौं, ५ माघ । महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा भाँडभैलो मच्चिएको छ । लामो समयसम्म महाधिवेशन नहुँदा नेविसंघ कमजोर मात्र भएको छैन, गुटउपगुटमा विभाजित हुँदै संगठनसमेत धरासायी बन्दै गएको छ । अहिले नेविसंघको एउटा पक्षले वर्तमान कार्यसमिति विघटन भइसकेको दावी गरेको छ भने अर्को पक्षले बैशाखमा महाधिवेशन गराउने दावी गर्दै आएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ दोस्रो पटक थपेको कार्यकाल अनुसार पनि गत २ गते देखि अवैधानिक भएको छ । भदौं २ गते कार्यकाल सकिएको विद्यार्थी संघलाई महाधिवेशन गर्नकै लागि कांग्रेसले विधानको बैकल्पिक व्यवस्थाबाट तीन महिनाको समय थपिदिएको थियो । तर, त्यो अवधिमा पनि महाधिवेशन नभएपछि कांग्रेसले विधान नैं संशोधन गरेर थप दुइ महिनाको समय दिएको हो ।

त्यसरी दिएको समयमा पनि महाधिवेशन सम्भव नभएपछि वर्तमान कार्यसमिति भंग गर्ने वा यसलाई विशेष व्यवस्था गर्ने भनेर नेपाली कांग्रेसले आगामी १० गते केन्द्रीय समिति बैठकमा छलफल गर्दै छ । तर, नेविसंघमा भने वर्तमान कार्यसमिति रहने नरहनेमा फरक फरक मत देखिएको छ ।

एउटा पक्षले वर्तमान कार्यसमिति भंग भइसकेको दावी गरेको छ भने अर्को पक्ष्प यही कार्यसमितिले बैसाखमा महाधिवेशन गराउने दावी गसिररहेको छ । खासगरि अध्यक्षकै कारण महाधिवेशन सम्भव नभएको भन्दै राजीनामा दिएको पक्षले अव यो कार्यसमिति नरहेको दावी गरिरहेको छ ।

माउ पार्टी नेपाली कांग्रेस जस्तै गुटउपगुटको रोगले गिजोलिएको नेविसंघ अहिले विभिन्न मोर्चा जस्तो बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला गुटमा पार्टी विभक्त भएजस्तै नेविसंघमा यी तीनवटै गुटका उत्तराधिकारी छन् । नेविसंघभित्र महर नेतृत्वको कार्यसमिति बिघटन गरेर नयाँ तदर्थ समितिले निर्वाचन गर्ने गरी एउटा समूह अघि बढेको छ भने अध्यक्ष महर कार्यकाल सकिएपनि अझ चार महिजना थपेर बैसाख ६ गते महाधिवेशन गराउने दावी गरिरहेका छन् ।

माघ दुईमा कार्यकाल सकिएको कार्यसिमितिका अध्यक्ष महरले नेविसंघ स्थापना दिवसमा महाधिवेशन गर्छु भन्दा बैधानिकताको महत्व समेत नबुझे झै बोलेको भन्दै नेविसंघकै नेताहरुले खिसि गर्न थालेका छन् । उनीहरु अध्यक्ष महरले नचाहेकै कारण महाधिवेशन हुन नसकेको भन्दै कार्यकाल लम्ब्याएर पदमा बसिरहने मनसायले संगठनलदाई बदनाम गरेको बताइरहेका छन् ।

विद्यार्थीको हकहित र अधिकारका लागि लड्ने संगठनमा आन्तरिक लडाइ जारी रहँदा विद्यार्थीका मुद्दा ओझेलमा परेका छन । नेविसंघमा ३२ वार्षे उमेर हद लागेका कारण पनि नयाँ कार्यसमितिमा आउन जुर्मुराएका युगवाहरु पनि चाडो महाधिवेशन भनिरहेका छन् । तरपनि, वर्तमान कार्यसमितिभित्रकमा नेविसंघ नेताहरुको छिर्के दाउ अझै जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);