तीन महिनाभित्र महाधिवेशन गर्न नेविसंघलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

तीन महिनाभित्र महाधिवेशन गर्न नेविसंघलाई निर्देशन

nabisang

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेपाल विद्यार्थी संघलाई तीन महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ । नेविसंघको नेतृत्व तोकिएको अवधिमा महाधिवेशन गराउन असफल भएपछि पार्टीले गठन गरेको संयोजन समितिले यस्तो निर्देशन दिएको हो ।

पार्टीका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा गठित संयोजन समितिको बैठकले तीन महिनाभित्र महाधिवेशन गर्ने कार्ययोजना आगामी भदौ २ गते भित्र पेश गर्न निर्देशन दिएको छ ।

नेविसंघको विधानमा दुई वर्ष कार्यकाल तोकिएकोमा कार्यकालको अन्तिम दिन कांग्रेसले तीन महिना भित्र महाधिवेशन गर्न निर्देशन दिएको हो । तीन महिनामा पनि महाधिवेशन गर्न नसके विधान अनुसार वर्तमान कार्यसमिति भंग हुनेछ ।

पार्टीले गठन गरेको संयोजन समितिमा प्रवक्ता विश्वप्रकाश शर्मा सहित केन्द्रीय सदस्यहरु, नविन्द्रराज जोशी, गगन थापा, किशोरसिंह राठौर, गुरु घिमिरे, प्रदिप पौडेलसहितका नेता तथा विद्यार्थीनेताहरु सहभागि छन् ।