तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा

tatopani bandargaha

सिन्धुपाल्चोक, ३ माघ । नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको एक अर्ब २० करोड रुपियाँ लगानीमा निर्माण हुँदै आएको बन्दरगाहको ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।

चिनियाँ ठेकेदार निर्माण कम्पनी सीआरसीसीले दिएको जानकारी अनुसार बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोष्ट, बैङ्क, आवास निर्माण, ग्राउन्डलगायतका संरचना निर्माण सम्पन्न भएका छन् । गोदाम घरमा १५८ ठूला कन्टेनर एकैचोटी राखेर जाँचपास गर्न सकिनेछ ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले चीनले मे महिनामा नाका खुलाउन बन्दरगाह निर्माण कार्यलाई तीव्र ढङ्गमा अगाडि बढाइएको बताए ।

अत्याधुनिक उपकरणबाट बन्दरगाह निर्माण कार्य हुँदै आएको छ । भोटेकोसी गाउँपालिका लार्चामा निर्माण भएको बन्दरगाहमा जोड्ने पुलको दुई साइडमा जिप तयार गरी पुल हाल्ने तयारी पनि अन्तिममा पुगेको छ ।

सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालका अनुसार बन्दरगाहको माथिल्लो क्षेत्रमा बन्ने पार्किङ र बन्दरगाह जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निर्माण भइरहेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);