जेलबाट छुटेका मनाङ्घेले संसद पदको सपथ खुवाउन गरे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

जेलबाट छुटेका मनाङ्घेले संसद पदको सपथ खुवाउन गरे माग

dipak-manange

सुवास पौडेल

पोखरा, २३ पुस । विहीबार मात्र जेलबाट छुटेका राजीव गुरुङ अर्थात दिपक मनाङ्घेले संसद पदको सपथ खुवाउन माग गरेका छन् । आईतवार गण्डकी प्रदेशको सभाहल पुगेर गुरुङले यस्तो माग गरेका हुन् ।

मनाङबाट निर्वाचित राजीब गुरुङ अर्थात दिपक मनाङ्घेले संसद पदको सपथ खुवाउन माग गरेका छन् । आइतवार साँझ पोखरा पुग्नुभएका गुरुङले सपथ खुवाउन माग गदै संसद सचिवालयमा पुगेका हुन् ।

गण्डकी प्रदेशको सोमबार बाट हिउँदे अधिबेशन शुरु भएको छ । प्रदेश सभा चलिरहँदा दिपक मनाङेले प्रदेश सभा परिसरमा गई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख र सांसदहरुलाइ भेटघाट गरेका थिए । भेटमा गुरुङले आफ्नो सपथको बारेमा निवदेन दिएको र यसका विषयमा अहिले निर्णय नभएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

गुरुङ मंशिर १० गते भएको प्रदेशसभा चुनावमा मनाङ ख बाट निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योगमा जेल चलान भएका गुरुङ विहीवार मात्र जेलबाट रिहा भएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);