गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट

karmachari

काठमाडौं, २४ पुस । स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा पाउन सकेका छैनन् ।

खानीखोला गाउँपालिकाका सात वडामध्ये ६ वटाका जनप्रतिनिधि र कर्मचारीले सहरका चिया पसल र भाडाका कोठाबाट काम गर्ने गरेको स्थानीय शेखर लामाको भनाइ छ । ‘गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र कर्मचारी गाउँमा बस्दैनन्’, नेकपा जिल्ला सदस्य लामाले भने, ‘बनेपामा कोठा भाडामा लिएर काम गर्छन् । स्थानीयले सामान्य कामका लागि सचिव र अध्यक्ष खोज्दै सहर धाउनुपर्ने बाध्यता छ ।’

यो ठाउँमा सूचना, सञ्चार, यातायात, विद्युत् र सरकारी सेवाको सहज पहुँच छैन । निर्वाचनपछि गाउँमै सेवा–सुविधा पाउने आशा निराशामा बदलिएको स्थानीको भनाइ छ । ‘पहिला कर्मचारी हुँदा र अहिले जनप्रतिधि आउँदा सेवा–सुविधामा केही फरक महसुस भएको छैन’, खानीखोला गाउँपालिकाका सन्त तामाङले भने, ‘दुई दशकपछि नयाँ जनप्रतिनिधि आए पनि वडाध्यक्ष, वडासचिव गाउँ नबस्दा स्थानीयलाई सास्ती बढेको छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);