झोलामा कार्यालय: गाउँ नजाने जनप्रतिनिधिको यस्तो जवाफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झोलामा कार्यालय: गाउँ नजाने जनप्रतिनिधिको यस्तो जवाफ

woda office

ललितपुर,२८ माघ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले सिंहदरबारको अधिकार गाउँ–गाउँमा ल्याउने वचन दिए । जनताले पनि विश्वास गरेर आफ्ना जनप्रतिनिधि चुने ।

दुई दशकसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहबाट सहजरुपमा सेवा सुविधा पाउने अपेक्षा गरेका जनतामा विगतकै दुःख बल्झिएको छ । स्थानीय तहमा नै रहेर सेवा सुविधा दिने प्रतिबद्धता जनाएर निर्वाचनमा उठेका उम्मेदवार निर्वाचित भएपछि पुनः शहरकेन्द्रित हुँदा ललितपुर बागमती गाउँपालिका ७ गिम्दीका स्थानीय दिक्क भएका छन् ।

विगतको जस्तो अहिले पनि सिफारिसलगायतको कामकाज गर्नका लागि शहर नै धाउनुपर्ने अवस्था सिर्जना भएको छ । बागमती गाउँपालिका ७ गिम्दीका बडाध्यक्षलाई बैठक र कार्यक्रम हुँदाबाहेक स्थानीय बासिन्दाले गाउँमा देख्न पाएका छैनन् । उनी भन्छन्, म शहरमा बसे पनि जनताको काम रोकेको छैन । जनताको सेवा गर्न म हप्ताको तीन दिन गाउँ जान्छु ।आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);