महिनावारीको पीडा : आगोकै भरमा रातभर खुला आकाशमुनि बास | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

महिनावारीको पीडा : आगोकै भरमा रातभर खुला आकाशमुनि बास

mahinawari ma aakash muni

हुम्ला, २१ पुस । महिनावारी हुँदा छाउगोठमा बास भन्ने त सुनेकै कुरा हो तर रातभर खुला आकाशमुनि रात बिताउनुपर्नेे कुरा भने कमैले सुनेको हुनसक्छ । हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन् ।

जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्दै आएका छन् । महिला पुसको चिसोमा पनि यसरी बस्नुको कारण भने सामाजिक मान्याता नै रहेको छ ।

फेरुवा र छालाको ओछ्यान लगाएर कम्मल पिठ्युमा ओढेर आगो ताप्र्दै रातमा बसेकी  पञ्चकला फडेरा उमेरले ४४ वर्ष पुगिन् ।  महिनावारी हुँदा यसरी नै किशोरी अवस्थादेखि बस्दै आएको उनी बताउँछिन् ।

निद्रा नलाग्दासम्म सँगैका संगिनीहरू गफ गरेर बस्ने र निद्रा आएमा सुत्ने गरेको बताउने फडेराले यो महिलाको रहर नभएर बाध्यता भएको बताइन् । घर र गोठभित्र जानै नहुने सामाजिक मान्यता भएको कारण यसरी पुसको चिसो रातमा पनि खुला ठाँउमा आगोका भरमा रात बिताउनुु परेको उनले बताइन्।

महिनावारी महिला घरभित्र जानु मात्र होइन कुनै पनि चिज पनि छुन पाइन्न । जग छुए पनि देवता लाग्ने, राम्रो नहुने, क्षति हुने जस्ता अन्धविश्वासका कारण बर्षौदेखि यसरी बस्दै आएको उनले बताइन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा समाचार