राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई जबरा पद तथा गोपनीयताको सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई जबरा पद तथा गोपनीयताको सपथ ग्रहण

cholendra jabara

अप्सरा गौतम काठमाडौं, १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएका हुन् । जबरालाई मंगलबार संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले जवराको नाम स्वीकृत गरेपछि जबराले बुधबार पद तथा गोपनीयताको सफथ लिएका हुन् ।

सर्वोच्च अदालतको २९ औ प्रधानन्याधीसमा चोलेन्द्र सम्सेर जवरा नियूक्त भएका छन् । प्रधानन्याधीसमा नियूक्ति भएपछि बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपती भवन शितल निवासमा सपथ लिएका छन् ।

उनी माथि परेका उजुरीको सुनुवाई गर्दै मंगलबार संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि उनको नाम स्वीकृत गरेको थियो । सपथ लिएसंगै जवरा नेपालको २९ औँ प्रधानन्यायाधीश बन्नु भएको छ । राणाले करिब चार वर्ष प्रधानन्यायाधीशको रुपमा काम गर्न पाएका छन् । यसअघि २०४८ सालदेखि २०५२ सालसम्म विश्वनाथ उपाध्यायले पाँच वर्षका लागि सर्वाेच्च अदालतको प्रधानन्याधीशको जिम्मेबारी सम्हालेका थिए । वीर शम्शेरका पनाती पुस्ताका सदस्य चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशको पदमा पुगेसँगै उनका अगाडि अदालतलाई सुधारेर लैजाने पर्याप्त अवसर र चुनौती रहेका छन् । राणासमक्ष पछिल्ला केही वर्षदेखि धुमिल बन्दै गएको अदालतको छवी सुधार गर्र्ने चुनौतीका साथै यो चार वर्षको समय पर्याप्त अवसर रहेको छ ।

अदालतमा न्याय प्रभावित पार्ने काम गरिरहेका विचौलियालाई नियन्त्रण गरी स्वच्छ न्याय पाइन्छ भन्ने जनआस्था वृद्धि गर्नु राणाका लागि प्रमुख चुनौती रहेको छ । पछिल्ला केही वर्षयता अदालतमा हुने मुद्दामा विचौलियाहरुको प्रवेश, आर्थिक चलखेल,वषौँसम्म अदालतमा मुद्दा अल्झने र जनताले सहज रुपमा न्याय नपाउने समस्या रहेका छन् । अदालतभित्र विकृति र विसंगति बढ्दै गए पनि त्यसलाई कम गर्ने भन्दा बढाउने तिर प्रधानन्यायाधीशहरु स्वयम् नै लाग्ने गरेको आरोप पनि लाग्ने गरेको छ । राणाले आफ्नो कार्यकालमा यस्ता कुराहरुमा सुधार गर्न सक्नु नै उनका लागि अर्काे ठूलो चुनौती रहेको छ ।

प्रधानन्यायाधीश पदमा रहिरहन चार वर्ष लामो समय पाउने भएकोले छोटो अवधी पाएका प्रधानन्यायाधीशको भन्दा फरक रुपमा काम गरेर देखाउने ठूलो अवसर राणाले पाएका छन् । यो अवसरलाई सदुपयोग गर्न सक्नु उनको प्रमुख चुनौतिका रुपमा रहने छ । पर्याप्त अवसर र चुनौतीका बीच प्रधानन्यायाधीश बनेका राणा आगामी दिनमा कसरी अगाडीको बाटो तय गर्छन्, त्यो भने आगामी दिनले नै देखाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);