चितवनमा छैठौं राष्ट्रिय पोल्ट्री दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

चितवनमा छैठौं राष्ट्रिय पोल्ट्री दिवस मनाईयो

चितवन, १७ पुस । पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमा पनि मंगलवार छैठौं राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

ह्याचरी संघ, कुखुरा व्यवसायी संघ, चितवन लगायतका संस्थाहरुको नेतृत्वमा पोल्ट्री दिवस मनाईएको हो । बाजागाजा सहित निस्केको ¥याली रत्ननगरको टाडीँ बजारको परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

सरकारले २०७० सालमा पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । ¥यालीमा सहभागीहरुले कुखुराले ७० हजारलाई रोजगारी दिएको र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान कारण यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);