'हाम्रो फोहर हाम्रो जिम्मेवारी' भन्ने मूल नाराकासाथ सरसफाई दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

३१ भदौ, काठमाडौं ।
फोहर व्यवस्थापन सम्बन्धी विशेष जनचेतनामूलक कार्यक्रम गरी शनिबार राष्ट्रव्यापी सरसफाई दिवस मनाईएको छ ।

राजधानी काठमाडांैमा क्लिन अप नेपालको संयोजकत्वमा बौद्ध स्तुपामा विशेष जनचेतना मुलक कार्यक्रम गरि दिवस मनाइयो । सरसफाई अभियानमा विदेशी पर्यटक, विभिन्न संघ संस्था तथा स्कुलका बालबालिकाकोसमेत सहभागी रहेको थियो । अभियानमा सहभागी किशोर किशोरीहरुले उपयुक्त फोहर व्यवस्थापन बारेमा सडक नाटकसमेत प्रस्तुत गरेका थिए ।

हाम्रो फोहर हाम्रो जिम्मेवारी भन्ने मूल नाराकासाथ मनाईएको सरसफाई दिवसमा विशेष गरी पुरातात्विक महत्वका सम्पदा संरक्षण तथा सरसफाई बारेमा विद्यार्थीलगायत सर्वसाधारणलाई सचेत गराईएको थियो । हरेक बर्ष सेप्टेम्बरको तेश्रो सनिबार विश्वभर सरसफाई दिवस मनाउने चलन छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);