चार कम्पनीको मूल्य समायोजन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

चार कम्पनीको मूल्य समायोजन

nepse online

काठमाडौं, १७ पुस । सोमवार नेप्सेमा चार कम्पनीको मूल्य समायोजन भएको छ । महुली सामुदायिक लघुवित्त, पूर्णिमा विकास बैंक, मेगा बैंक र हिमालयन बैंकको मूल्य समायोजन भएको हो । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १ हजार २ सय ८३ दशमलव ३३ तोकेको छ ।

नेप्सेले कम्पनीको आधार मूल्य रू. १ हजार २ सय १५ दशमलव ४२ लिएको हो । पूर्णिमा विकास बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १ सय ५९ दशमलव ०५ तोेकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. २ सय २६ दशमलव ५२ लिएको हो । यो समाचार आजको अभियान दैनिकमा छ ।

त्यसैगरी, मेगा बैंकको १ दशमलव ००२३३ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १ सय ८० दशमलव १९ तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. २ सय १७ दशमलव ६० लिएको हो । हिमालयन बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ४ सय ८९ दशमलव ५२ तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. ६ सय ७४ दशमलव २६ लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);