प्रचण्डले ज्यान जोगाउनकै लागि एमालेसंग एकता गरेका हुन : मुमाराम खनाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

प्रचण्डले ज्यान जोगाउनकै लागि एमालेसंग एकता गरेका हुन : मुमाराम खनाल (भिडियोसहित)

kharo prasna with mumaram khanal

काठमाडौं, १२ पौष । ।नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितको बैठक अहिले पनि जारी रहेको छ भने नेपाली काँग्रेसले महासमितिको बैठक भर्खर सम्पन्न गरेको छ । दुई राजनीतिक दलहरुले विशुद्ध अन्तरिक विषयमा बहस गरेका छन् । दुवै पार्टीको बैठकमा नेतृत्वले समय व्यवस्थापन गर्न सकेन र बैठकहरु नियमित रुपमा राख्न सकेन बहस भएको पाइएको छ । ४ दिन भनेर बसेको काँग्रेसको बैठक १० दिन सम्म बस्यो । बैठक पछि काँग्रेसका वरिष्ठ नेताहरुले हिजोको दिनमा भएको मतभेद, गुट र बिमति समाप्त भएको बताएका छन् । नेकपाको स्थायी समितिको बैठक पनि ६ महिना पछि बस्यो र बैठकमा पर्याप्त छलफल भएको छ । बैठकमा पूर्व एमालेहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रति अलिकति आक्रोशित भएको देखिन्छ । उनीहरुको काम गर्ने शैली, प्रस्तुत गरेको प्रतिवेदन बारेमा र सरकार संचालन गर्दा प्रसस्त गल्ति र कमजोरी रहेको भनेर आक्रोश पोखेको पनि देखिन्छ । दुवै राजनीतिक दल बैठक पछि निस्कदा कस्ता देखिनेछन् ? र त्यसपछि उनीहरुको भूमिका कस्तो हुनेछ ? यसले सरकार संचालन, पार्टी संचालन र प्रतिपक्षको संदर्भमा कस्तो खालको तस्बिर देखा पर्नेछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक मुमाराम खनालसँग गरेको कुराकानी हेर्नुहोस्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);