ग्लोबल आईएमई बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८१, मंगलबार

ग्लोबल आईएमई बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

dividends

काठमाडौं, १२ पुस । ग्लोबल आईएमई बैंक, काबेली विकास बैंक र सिर्जना फाइनान्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

तीनओटै कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १३ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछन् । यसको आधारमा पुस १२ गतेसम्म सम्बन्धित कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

१६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सहित ग्लोबल आईएमई बैंकले पुस २७ गते १२औं वार्षिक साधारण सभाको आयोजना गर्दै छ । सो सभा नक्साल ब्यांक्वेट, नक्साल, काठमाडांैमा बिहान ११ बजे शुरू हुनेछ । बैंकले सभामा लाभांश वितरण सहित पूँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरू लैजादै छ ।

३५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्दै काबेली विकास बैंकले पुस २८ गते ११औं वार्षिक साधारण सभाको आयोजना गर्दै छ । सो सभा होटल चिप एण्ड बेष्ट, धनकुटामा मध्याह्न साढे १२ बजे शुरू हुनेछ । बैंकले सभामा बोनस शेयर वितरण सहित लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरू लैजादै छ ।

सिर्जना फाइनान्सले १५ प्रतिशत बोनस शेयर र ९ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभाको आयोजना गरेको छ । सो सभा पुस २८ गते मोरङ व्यापार संघको सभाकक्ष, विराटनगरमा बिहान ११ बजे शुरू हुनेछ । कम्पनीले सभामा लाभांश वितरणसहित ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने लगायतका प्रस्तावहरू लैजाँदै छ । यो समाचार आजको अभियान दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);