अनुप तिवारी
वीरगंज, ७ पुस । वीरगंज स्थित नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउनु पर्ने भन्दै सरोकारवालाहरुले जोड दिएका छन् । शनिवार वीरगंजमा आयोजित सर्वपक्षीय बैठकमा उपस्थित भएका वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
शनिवार विरगंजमा आयोजित सर्वपक्षीय बैठकमा उपस्थिती राजपाका महासचिव राजेशमान सिंहले रंगशाला बनाउने विषयमा प्रदेश र संघीय सरकारले सुनियोजितरुपमा पछाडी पारेको आरोप लगाए ।
त्यसैगरी, कार्यक्रममा बोल्दै फोरम नेपालका नेता सुनदर कुर्मीले तराईकै पहिलो क्याम्पसको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पस, मध्य तराईकै पहिलो अस्पतालको रुपमा रहेको नारायणी उपक्षेत्रीय अस्पताल तथा राजधानी बाहिर बनेको पहिलो रंगशाला नारायणी रंगशालालाई ओझेलमा पारिएको गुनासो गरे । उनले तुरुन्त नारायणी रंगशालाई स्तरउन्नती गरी वृहत बनाउन समेत सरकारसंग माग गरे ।
त्यसैगरी, कार्यक्रममा नागरिक अगुवा, उद्योगी व्यवसायी, समाजसेवी तथा राजनैतिक दलका प्रतिनिधीहरु उपस्थिती थिए । उनीहरुले विभिन्न आन्दोलनको केन्द्र बिन्दु विरगंज बनेपनि विकास भने अन्य ठाउँमा गएको भन्दै दुख समेत व्यक्त गरेका थिए ।




