पुष्पा पोख्रेल
काठमाडौं, ३ पौष । प्राविधिक शिक्षा भन्नाले पेसा वा ब्यवसायसँग सम्वन्धित शिक्षा भन्ने बुझिन्छ । जुन शिक्षाले मानिसलाई गरि खाने बनाउँछ भन्ने बुझाइ छ । नेपालमा बढ्दो बेरोजगार समस्या समाधानको लागि प्राविधिक शिक्षाको आवश्यकता रहेकोमा विज्ञहरुले जोड दिंदै आएका छन् ।
नेपालमा प्राविधीक शिक्षाको अभाबले गर्दा बेरोजगारीको समस्या दिनानुदिन बढदै गइरहेको छ । व्यावहारिक शिक्षालाई भन्दा सैद्धान्तिक शिक्षालाई बढी प्राथमिकता दिदा प्राविधीक शिक्षा ओझेलमा पर्दै आइरहेको छ। जस्ले गर्दा लाखौ सँख्यामा रहेका युवा जनशक्ति रोजगारीका लागि बिदेश पलायन हुन बाध्य छन् ।
विकशित देशहरु प्रविधिकै कारण आफुलाई हरेक क्षेत्रमा अब्बल सावित गर्दै आइरहेका छन् । नेपालमा भने प्राविधिक शिक्षालाई व्यवहारिक शिक्षाको रुपमा प्राथमिकता नदिदा बेरोजगारीको समस्या बढ्दै गइरहेको छ ।
पहिलेको तुलनामा अहिले नेपालमा प्राविधिक शिक्षालाई प्राथमिकता दिएको पाइन्छ । साधारण शिक्षाले बेरोजगारको संख्या बढ्ने र प्राविधिक शिक्षा पढे रोजगार पाउने र अवसरका क्षेत्र बढी हुने भएपछि यसले प्राथमिकता पाएको हो । कृषिसँग सम्बन्धित भेटेनरी, जेटिए, स्वास्थ्यसँग सम्वन्धित सी यम य, अनमी, तथा इन्जिनियरिंगतर्फका विभिन्न विधाहरु प्राविधिक शिक्षा अन्तर्गत रहेका छन् ।
त्यस बाहेक दग्धजन्य पदार्थ उत्पादन, होटल, पर्यटन, पलम्बर लगायतका धेरै क्षेत्र छन जसले प्राविधिक ज्ञान दिई व्यक्तिलाई आत्मनिर्भर हुन सहयोग गर्छ । अबको समयमा प्राविधि शिक्षा विना देशको विकास सम्भव छैन् भन्छन् प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का उपाध्यक्ष कुलबहादुर बस्नेत ।
अहिले श्रम बजारमा वर्षेनी ५ लाख युवाहरु आउने गर्छन । अधिकांशले रोजगार पाउंदैनन । स्वदेशमा रोजगार नपाएपछि वैदेशिक रोजगारको लागि युवाहरु वाध्य भइरहेका छन । प्राविधिक शिक्षालाई रोजगारीसंग प्रत्यक्ष रुपमा नजोड्दा रोजगारी समस्या दिनानु दिन बढ्ने विज्ञहरु बताउँछन् ।
दक्षिणकोरिया , जापान सिंगापुर , ताइवान तथा चीन प्राविधिक शिक्षाकै कारण आफुलाई अब्बल सावित गर्दै आइरहेका छन् । दिननानुदिन तिव्र रुपमा आर्थिक वृद्धि गरिरहेका छन् ।




