शिक्षा प्रणालीमा सुधार ल्याउन पाठ्यक्रम परिवर्तन गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शिक्षा प्रणालीमा सुधार ल्याउन पाठ्यक्रम परिवर्तन गरिदै

technical education

प्रतिक्षा शर्मा
काठमाडौं, २४ असार । पछिल्लो समय बैज्ञानिक शिक्षा प्रणालीको बारेमा बाक्लै बहस हुने गरेको छ । नेपालको शिक्षा प्रणालीकै कारण शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको सरोकारवालाहरुको दाबी छ । बढ्दो बेरोजगारी समस्यालाई ध्यानमा राखेर युवापुस्ता रोजगारमूलक शिक्षाको खोजीमा बिदेशिने गरेका छन । सरकारले भने शिक्षा प्रणालीमा सुधार ल्याउन पाठ्यक्रम नै परिवर्तन गर्ने काम भइरहेको जनाएको छ ।

विश्वविद्यालयमा पठनपाठन हुने पाठ्यक्रम र बजारको आवश्यकताबीच तालमेल नमिल्दा दिनप्रतिदिन शैक्षिक बेरोजगारको संख्या बढ्दो छ । डिग्रीको प्रमाणपत्र लिएर पनि काम नपाएर भौंतारिनेको संख्या उल्लेख्य छ । जसको कारण शिक्षा प्रणाली व्यवहारिक नभएको सरोकारवालाहरुको भनाइ छ । पछिल्लो समय सुगम क्षेत्रमा केही प्राविधिक शिक्षालय खुले पनि दुर्गम क्षेत्रमा पठनपाठनको अवस्था नाजुक छ ।

सरकारले शिक्षा प्रणालीलाई बैज्ञानीक र व्यवहारीक बनाउने उद्घोष गरे पनि व्यवहारमा भने देखिएको छैन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल भने शिक्षा प्रणालीमा सुधार ल्याउन पाठ्यक्रम नै परिवर्तन गर्ने काम भइरहेको बताउँछन् ।

सिटिइभिटिका सदस्य सचिव पुष्परमण वाग्ले नेपालको शिक्षालाई प्राबिधिक र शिपमुखी बनाउन विज्ञान, इन्जिनीयरिङ, गणित र प्राविधिक विषयमा समष्टिगत अध्ययन गर्दै रोजगारीसँग जोड्ने व्यवस्था गर्नुपर्ने बताउँछन् । विद्यार्थीहरुले पनि शिक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने बताउँछन् ।

नेपालमा योजनाबद्ध बिकासको थालनी भएदेखी शिक्षामा गरिएका लगानीको प्रतिफल भने देखिएको छैन । अझै शिक्षाको गुणस्तरमा बृद्धि हुन सकेको छैन् । यस्तो अवस्थामा बजारको माग अनुसारको पाठ्यक्रम तयार गरी शिक्षालाई रोजगारमुखी बनाउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);