दार्चुलाको घाँट बजारमा आगलागी, ७० लाखको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

दार्चुलाको घाँट बजारमा आगलागी, ७० लाखको क्षति

darchula aaglagi

दार्चुला, ३ पुष । महाकाली नगरपालीका वडा न ४ स्थित घाँट बजारमा सोमवार राती आगलागी भएको छ । आगलागीले ७० लाख बरावरको धनमालको क्षति भएको प्रहरीले दार्चुला प्रहरीले जानकारी दिएको छ ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेकोे छ । आगलागीबाट स्थानिय व्यवसायि पदम सिह बडाल को बडाल कम्पलेक्समा र इन्द्र सिह ठगुन्नाको आइ एम इ कार्यालयको गरी रु ७० लाख भन्दा माथि धनमालको क्षति भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

राती नौ बजे आगलागी भएको र तत्कालै जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानियहरुको २ घण्टा लामो प्रयास पछि आगो नियत्रणमा आएको थियो । महाकाली नदीबाट वाल्टीनमा पानी र वालुवा ओसारेर आगो नियन्त्रणमा ल्याएको स्थानीयले बताएका छन् ।

महाकाली नगरपालिकामा वारुण यन्त्र भएपनि चालक नहुँदा प्रयोगमा ल्याउन नसकेको स्थानियहरुले गुनासो गरेका छन् । महाकाली नगपालिकाको यस प्रकारको लापर्वाही र गैर जिम्मेवारपनाले आगलागीबाट वढी क्षति भएको स्थानियहरुले दुखेसो पोखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);