पाँचथरकाे फालेलुङमा आगलागी : एकै परिवारका तीन घर जले | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाँचथरकाे फालेलुङमा आगलागी : एकै परिवारका तीन घर जले

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेका छन् । ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो । काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ । 

आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);