काठमाडौं, २१ मंसिर । रातोपुलमा प्रहरी र गुण्डा नाइकेबीच दोहोरो गोली हानाहान भएको छ । गोली हानाहानमा राजन लिम्बु घाइते भएका छन् ।लिम्बुसँग हतियार भएको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा गोली हानाहान भएको प्रहरीले दाबी गरेको छ ।
लिम्बु करिब एक दर्जन डकैती घटनाका फरार अभियुक्त हुन् । उनको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।




