लिटिल मेसी भनेर चर्चा कमाएका अहमेदीको परिवारलाई मार्ने धम्की, परिवारले देश छोड्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लिटिल मेसी भनेर चर्चा कमाएका अहमेदीको परिवारलाई मार्ने धम्की, परिवारले देश छोड्न बाध्य

murtaza-messi

काठमाडौं, २१ मंसिर । आतंकवादी संगठन तालिबानको चेतावनीका कारण अफगानिस्तानी लिटिल मेसीको परिवारले देश छोड्नु परेको छ ।

लटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई तालिबानले मार्ने धम्की दिएपछि उनको परिवारले देश छोडेको हो । सन् २०१६ मा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी चर्चामा आएका थिए ।

भर्खर सात वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण देश छोड्नुपरेको बताएका छन् । सन् २०१६ मा पनि उनीहरु केही समयका लागि पाकिस्तानमा शरणार्थीका रुपमा बसेका थिए । मेसीको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको हुँदा अन्तराष्ट्रिय स्तरमा नै भाइरल भए ।

जसका कारण पछि उनले मेसीलाई पनि भेट्ने मौका पाए । सामाजिक सञ्जालमा निकै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट पठाएका थिए । त्यसपछि कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समातेर उनी मैदानमा समेत हिँडेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);