हुवावेकी उच्च अधिकारी मेङ पक्राउ, इरानमाथि अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

हुवावेकी उच्च अधिकारी मेङ पक्राउ, इरानमाथि अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोप

Meng Wanzhou

काठमाडौं, २१ मंसिर । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताएको छ ।

हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ गरिएको र त्यसमा कुनै राजनीतिक पूर्वाग्रह नरहेको उनले बताएका हुन् । उनलाई डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको भए पनि अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको छ । वाङजुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।

उनलाई सुपुर्दगी गर्नेबारे शुक्रबार सुनुवाई हुने बताइएको छ । क्यानडाका अधिकारीहरुले उहालाई पक्राउ गरिएको बारे थप विवरण दिन अस्वीकार गरेका छन् । यसैबीच चीनले मेङ्गको पक्राउ मानवअधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विनाकुनै कारण पक्राउ गरिनु मानवअधिकारको गम्भीर उल्लंघन भएको बताएको छ ।

चीनले क्यानडासमक्ष उनलाई पक्राउ गर्नुपर्ने कारण प्रष्ट पार्न चेतावनी दिएको छ । चीनले पक्राउ पर्नुभएकी मेङ्ले अमेरिका तथा क्यानडाको कुनै पनि कानुन उल्लंघन नगरेको दाबी गरेको छ । तर अमेरिकी सञ्चारमाध्यमहरुले भने हुवावेले इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्धको उल्लंघन गरेको आरोपमा छानबिन चलिरहेको जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);