जापानमा दुर्घटना: ६ जना वेपत्ता, अनुसन्धान जारी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

जापानमा दुर्घटना: ६ जना वेपत्ता, अनुसन्धान जारी

plane

काठमाडौं, २० मंसिर । जापानमा तेल भर्ने क्रममा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् ।

लडाकु विमानमा सवार ६ जना नौसैनिक वेपत्ता छन् । अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा बिहीबार सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेका हुन् ।

दुर्घटनास्थल समुद्री किनारभन्दा करिब ३ सय किलोमिटर टाढा पर्दछ । वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । यसका लागि चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरुसँगै परिचालित छन् । खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ ।

जापानले पनि खोजी कार्यमा सहयोग गरेको भन्दै अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन् ।अमेरिकी अधिकारीहरुका अनुसार दुवै लडाकु जहाजले नियमित तालिमको क्रममा मरिन कर्प्स स्टेशनबाट उडान भरेका थिए । तर, बिहीबार दुर्घटना भयो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);